दफा २७
मतियारलाई सजाय हुनेः
यो ऐन अन्तर्गत कसूर ठहरिने कुनै अपराध गर्ने व्यक्तिलाई जानी जानी मद्दत दिएमा त्यस्ता मद्दत गर्ने मतियारलाई कसूरदारलाई हुने सजायको आधी सजाय हुनेछ ।तर गैंडा, बाघ, कस्तुरी मृगर हात्तीसित सम्बन्धित कसूर गर्ने व्यक्तिलाई कसूरदारलाई हुने सजाय सरह नै सजाय हुनेछ ।